Kathmandu Press

अर्थमन्त्रीले गरे सञ्चय कोषको प्रशंसा, विश्वास कायम राख्न सुझाव

मन्त्री पौडेलले कर्मचारी सञ्चय कोषको अवस्था सहि ढंगले चलेको उल्लेख गर्दै कोषप्रति सञ्चयकर्ताले राखेको विश्वास कायम राख्न आग्रह गरे। 
अर्थमन्त्रीले गरे सञ्चय कोषको प्रशंसा, विश्वास कायम राख्न सुझाव

काठमाडौं, भदौ २४ : उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले राम्रो काम गर्नको लागि कुनै पनि निकायलाई सीमा नतोकिएको बताएका छन्। 

मंगलबार ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कर्मचारी सञ्चय कोषको अवस्था सहि ढंगले चलेको उल्लेख गर्दै कोषप्रति सञ्चयकर्ताले राखेको विश्वास कायम राख्न आग्रह गरे। 

‘कर्मचारी सञ्चय कोषको अवस्था ठिकै ढंगले चलेको जानकारी पाए। राम्रो काम गर्नका लागि कुनै पनि सीमा तोकिएको छैन। तपाईहरुले कति धेरै काम गरेपछि चित्त बुझाउँनुहुन्छ। त्यसकारण राम्रो गर्नुभएको छ, राम्रो गर्नुस्,’ उनले भने, ‘सञ्चयकर्ताहरुले यो संस्थामाथि भरोसा गरेको छ । संस्थाको सबैभन्दा ठुलो भरोसा भनेको पनि सञ्चयकर्ता हो। उनीहरुको विश्वास संस्थाप्रति सवल हुँदै जानेगरी संस्थाले काम गर्नुपर्छ।’

कोषमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै जनशक्तिको आवश्यक सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो। 

‘संस्थाले नयाँ नयाँ प्रविधिमा जानुपर्छ। कुन जनशक्ति कुन कामका लागि, कसरी परिचालन गर्नेबारेमा ध्यान दिनुहोला। धेरैभन्दा धेरै सञ्चयकर्ताहरुको बीचमा पुग्नको लागि यथेष्ट ठाउँ रहेकाले यसको सदुपयोग गर्न जरुरी छ,’ उनले भने।

प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, भदौ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्