Kathmandu Press

यसरी हुँदैछ इन्द्रजात्राको तयारी [फोटो फिचर]

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ। 
यसरी हुँदैछ इन्द्रजात्राको तयारी [फोटो फिचर]

काठमाडौं, भदौ २५ : काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्राको लागि बसन्तपुर क्षेत्रमा तयारी भइरहेको छ। बसन्तपुरमा रथ तयार गर्ने, सरसफाइ गर्नेलगायतका काम अहिले भइरहेका छन्। 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ। 

लिंगो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको प्रचलन छ।

Photo-(12)-(1)-1725949608.jpg

इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ठाउँहरूमा धुमधामसाथ इन्द्रजात्रा मनाउने चलन छ।

भदौ २६ गते बुधबारको दिन बिहान १० बजेर ३२ मिनेटको साइतमा लिंगो सहर प्रवेश गराइने छ। भदौ ३० गते आइतवार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान गरिने छ भने असोज १ गते मंगलवार कुमारी रथ यात्रा प्रारम्भ हुनेछ।

Photo-(5)-(5)-1725949607.jpg

असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ। असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । त्यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन्।

Photo-(20)-(1)-1725949611.jpg

Photo-(24)-(1)-1725949611.jpg

Photo-(9)-(2)-1725949608.jpg

Photo-(18)-(3)-1725949610.jpg

Photo-(26)-(1)-1725949611.jpg

Photo-(6)-(5)-1725949607.jpg

Photo-(3)-(6)-1725949606.jpg

Photo-(8)-(2)-1725949607.jpg

Photo-(12)-(1)-1725949608.jpg

Photo-(15)-(1)-1725949609.jpg

Photo-(14)-(3)-1725949608.jpg

Photo-(16)-(2)-1725949610.jpg

Photo-(21)-(2)-1725949611.jpg

Photo-(1)-(15)-1725949606.jpg

प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, भदौ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्