फ्राटेसी र केनको गोलमा इटालीको लगातार दोस्रो जित
इटालीको जीतमा डेभिड फ्राटेसी र मोइस केनले एक एक गोल गर्दा इजरायलको तर्फबाट मोहमद अबु फानीले एक गोल फर्काएका थिए । पाहुना टोली इटालीले ३८ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।काठमाडौं, भदौं २५ : युइएएफए नेसन्स लिग फुटबलमा इटालीले लगातार दोस्रो जित दर्ता गरेको छ । गएराति भएको खेलमा इजरायललाई २–१ गोल अन्तर पराजित गर्दै इटालीले दोस्रो जित निकालेको हो ।
इटालीको जीतमा डेभिड फ्राटेसी र मोइस केनले एक, एक गोल गर्दा इजरायलको तर्फबाट मोहमद अबु फानीले एक गोल फर्काएका थिए । पाहुना टोली इटालीले ३८ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।
६२ औं मिनेटमा मोइस केनले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ९० औं मिनेटमा इजरायलका लागि राज सोल्मोको पासमा मोहमद अबु फानीले एक गोल फर्काए पनि अन्ततः इटाली २–१ को नतिजा निकालन सफल भयो ।
पहिलो खेलमा फ्रान्सलाई पराजित गरेको इटालीको समूह २ मा लगातार दोस्रो जीतका साथ ६ अंक भएको छ । इटाली अहिले तालिकाको शीर्ष स्थानमा छ ।
प्रकाशित मिति: ०८:०३ बजे, मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जय ट्रफी फाइनलको पहिलो दिन १७ ओभर मात्र सम्भवमंगलबार, माघ १, २०८१
पहिलो अभ्यास खेलमा वेस्टइन्डिजलाई नेपालको टक्कर, ९ रनले पराजितसोमबार, पुस २९, २०८१
जय ट्रफी : उपाधिमा पुलिस र आर्मीको भीडन्तआइतबार, पुस २८, २०८१