विश्व क्रिकेट लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा नेपालले क्यानडामा हुने विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि सोमबार अन्तिम टोली घोषणा गरेको छ ।काठमाडौं, भदौ २५ : नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा नेपालले क्यानडामा हुने विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि सोमबार अन्तिम टोली घोषणा गरेको छ ।
दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा र ओमानसँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् । देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन् ।
सन् २०२७ मा दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले सेप्टेम्बर १६ मा क्यानडा, १८ मा ओमान, सेप्टेम्बर २२ मा क्यानडा र २४ मा ओमानसँग खेल्नेछ ।
प्रकाशित मिति: ०७:३४ बजे, मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो टेस्टमा भारत बलियाे, अष्ट्रेलियाविरुद्ध २१८ रनको अग्रताशनिबार, मंसिर ८, २०८१
ग्वार्डिओलाले नवीकरण गरे सिटीसँगको सम्झौताशुक्रबार, मंसिर ७, २०८१
बसन्त खत्री बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’शुक्रबार, मंसिर ७, २०८१
क्यानडाका पूर्वकप्तान साद बिन जाफर लुम्बिनी लायन्समाबिहीबार, मंसिर ६, २०८१