Kathmandu Press

पलेशालाई कांग्रेसले गर्‍यो पाँच लाख रुपैयाँसहित सम्मान

आइतबार पार्टी कार्यलय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस सपभाति शेरबहादुर देउवाले पलेशालाई ५ लाख रुपैयाँसहित सम्मान गरेका हुन्।
पलेशालाई कांग्रेसले गर्‍यो पाँच लाख रुपैयाँसहित सम्मान

काठमाडौं, भदौ २३ : पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गरेको छ। 

आइतबार पार्टी कार्यलय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस सपभाति शेरबहादुर देउवाले पलेशालाई ५ लाख रुपैयाँसहित सम्मान गरेका हुन्।

Hardik ivf

सोही आवसरमा प्रशिक्षक कविराज नेगीलाई पनि एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ।

पेरिसमा सम्पन्न पारा ओलम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कांस्य पदक जितेकी थिइन्। यो नेपालले ओलम्पिकमा जितेको पहिलो पदक हो। 

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, भदौ २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्