Kathmandu Press

युइएफए नेसन्स लिगमा इंग्ल्याण्ड विजयी

इंग्ल्याण्डको जीतमा डेक्लन राइस र ज्याक ग्रिलिसले एक÷एक गोल गरेका थिए । इंग्ल्याण्डले दुवै गोल पहिलो हाफमा गरेको हो । खेलको ११ औं मिनेटमा राइसले गोल गर्दैइंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा राइसकै पासमा ग्रिलिसले गोल गर्दै अग्रता दोब्बर बनाए ।
युइएफए नेसन्स लिगमा इंग्ल्याण्ड विजयी

काठमाडौं, भदौ २३ : युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्ड विजयी भएको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो ।

इंग्ल्याण्डको जीतमा डेक्लन राइस र ज्याक ग्रिलिसले एक÷एक गोल गरेका थिए । इंग्ल्याण्डले दुवै गोल पहिलो हाफमा गरेको हो । खेलको ११ औं मिनेटमा राइसले गोल गर्दैइंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा राइसकै पासमा ग्रिलिसले गोल गर्दै अग्रता दोब्बर बनाए ।

Hardik ivf

त्यसपछि निर्धारित समयभित्र थप गोल नभएपछि इंग्ल्याण्ड २–० को जीत दर्ता गर्न सफल भयो । यही समूहमा रहेको ग्रिकले फिनल्याण्डमाथि ३–० को जीत दर्ता गरेको छ । ग्रीकका फोटिस इओनिडिसले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो । 

२३ औं मिनेटमा इओनिडिसले गोल गर्दै ग्रिकलाई अग्रता दिलाए । ३७ औं मिनेटमा फिनल्याण्डका बेन्जामिन कलमनले आफ्नै पोस्टमा गोल गरेपछि ग्रिकको अग्रता दोब्बर भयोय ।

७६ औं मिनेटमा इओनिडिसले व्यक्तिगत दोस्रो गोल गरेपछि ग्रिक ३–० को सहज जित निकाल्न सफल भयो । समूह २ मा ग्रीकले ३ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा राख्दा समान अंक रहेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।

आयरल्याण्ड र फिनल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । यी टिमले भने अंकको खाता खोलेका छैनन् ।
 

प्रकाशित मिति: ०८:३६ बजे, आइतबार, भदौ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्