Kathmandu Press

युइएफए नेसन्स लिग फुटबलमा हंगेरीमाथि जर्मनीको ५ गोल 

समूह ३ मा रहेको जर्मनीको जितमा निकलस फुलक्रग, जमाल मुसिएला, फ्लोरियन विट्ज, एलेक्जेन्डर पाभलोभिक र केइ हार्भाटेजले एक एक गोल गरेका थिए ।
युइएफए नेसन्स लिग फुटबलमा हंगेरीमाथि जर्मनीको ५ गोल 

काठमाडौं, भदौ २३ : युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । शनिबार  राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जितत दर्ता गरेको हो ।

समूह ३ मा रहेको जर्मनीको जितमा निकलस फुलक्रग, जमाल मुसिएला, फ्लोरियन विट्ज, एलेक्जेन्डर पाभलोभिक र केइ हार्भाटेजले एक एक गोल गरेका थिए । २७ औं मिनेटमा जमाल मुसिएलाको क्रसपासमा  निकलस फुलक्रगले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा ४ गोल थपेको थियो । 

Hardik ivf

५७ औं मिनेटमा विट्जको पासमा मुसिएलाले गोल गर्दै अग्रता दोब्बर बनाए । अधिकांश समय हंगेरीमाथि दबाब बनाएको जर्मनीले तेस्रो गोल ६६ औं मिनेटमा गरेको थियो । मुसिएलाको पासमा विट्जले डीबक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए । ७७ औं मिनेटमा मुसिएलाकै पासमा एलेक्जेन्डर पाभलोभिकले गोल गरेपछि जर्मनी ४–० ले अघि बढेको थियो ।

८१ औं मिनेटमा हंगेरीका विली ओर्वानले हार्भाटेजलाई डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गर्दै जर्मनीलाई ५–० को जीत दिलाए । यही समूहमा रहेको नेदरल्याण्ड्सले बोस्निया हर्ज गोभिनालाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।
 

प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, भदौ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्