Kathmandu Press

पूर्वपरामर्श गरेर मात्र बहुवर्षीय ठेक्का दिन मन्त्रालयहरुलाई अर्थको पत्र 

चालु आर्थिक वर्षमा बहुवर्षीय ठेक्का सहमति माग गर्नुअघि उच्च प्राथमिकताको तत्काल नतिजा देखिने तथा तुलनात्मक रुपमा बढी रकम विनियोजन भएका आयोजनाहरूको सूची तयार पारी प्राथमिकीकरण गर्न पत्रमा भनिएको छ। 
पूर्वपरामर्श गरेर मात्र बहुवर्षीय ठेक्का दिन मन्त्रालयहरुलाई अर्थको पत्र 

काठमाडौं, भदौ २१ : अर्थ मन्त्रालयले पूर्व परामर्श गरेरमात्र बहुवर्षीय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरेको छ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्राचार गरिएको हो। 

Hardik ivf

चालु आर्थिक वर्षमा बहुवर्षीय ठेक्का सहमति माग गर्नुअघि उच्च प्राथमिकताको तत्काल नतिजा देखिने तथा तुलनात्मक रुपमा बढी रकम विनियोजन भएका आयोजनाहरूको सूची तयार पारी प्राथमिकीकरण गर्न पत्रमा भनिएको छ। 

साथै अर्थले गत आर्थिक वर्षमा बहुवर्षीय खरिद प्रकृयामा गइ आगामी वर्षमा भुक्तानी दायित्व सिर्जना हुने आयोजना र दायित्वको रकमको विवरण समेत अद्यावधिक गरी उपलब्ध गराउनसमेत भनेको छ। 

गत आर्थिक वर्षमा आयोजना सम्पन्न भएको, बजेट विनियोजन भएको रकम फ्रिज भएको वा अर्थ मन्त्रालमा रकमान्तर माग गरेकोमा निर्णय हुन नसकेको, चालु आर्थिक वर्षमा उक्त आयोजना  तथा कार्यक्रम समावेश नभएको कारणले भुक्तानी दायित्व बाँकी रहेको विवरण र त्यसको व्यस्थापन गर्न सकिने स्रोतको विवरण तयार पारी उपलब्ध गराउन पनि पत्रमार्फत आग्रह गरिएको छ।
 

प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, भदौ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्