Kathmandu Press

बलिउड स्टार सोनु दैनिक ४५ हजार गरिबलाई खाना खुवाउँदै

काठमाडौं, चैत ३० : कोरोना भाइरसको महामारीमा बलिउडका धेरै सेलिब्रेटी सहयोग गर्न अघि सरेका छन्। यस्तैमा एक हुन् कलाकार सोनु सूद।

उनले केहि दिन....

बलिउड स्टार सोनु दैनिक ४५ हजार गरिबलाई खाना खुवाउँदै

काठमाडौं, चैत ३० : कोरोना भाइरसको महामारीमा बलिउडका धेरै सेलिब्रेटी सहयोग गर्न अघि सरेका छन्। यस्तैमा एक हुन् कलाकार सोनु सूद।

उनले केहि दिन अघि जुहूमा रहेको आफ्नो होटललाई हेल्थकेयर वर्कर्सको लागि दिएका थिए। अब भने उनले पिता शक्ति सागर सूदको नामबाट अर्को योजना ल्याएका छन्।

Hardik ivf

जसमा मुम्बईका हजारौ मानिसलाई हरेक दिन खाना खुवाइने भएको छ। यस योजनालाई शक्ति आनन्दम नाम दिइएको छ।

‘यस मुस्किलको समयमा कोराना भाइरसको विरुद्ध हामी साथमा छौं। हामीमध्ये केहि मानिसलाई खान र बस्नको लागि सुविधा छ,’ सोनुले भनेका छन्, ‘धेरैजसो मानिस यस्ता पनि छन् जसले कयौं दिनदेखि केहि खाएका छैनन्। यो उनीहरुको लागि निकै कठिन समय हो। उनीहरुको मद्धतको लागि हामीले विशेष खाना र रासन ड्राइव सुरु गरेका छौं। म आशा गर्छु कि यसको सहयोगले हामी धेरै भन्दा धेरै मानिसको मद्धत गर्न सकौं।’

यसअघि बलिउड अभिनेता शाहरुख खानले पनि आफ्नो अफिस स्पेस मुम्बई म्युनिसिपल कर्पोरेसनलाई दिएका थिए। जसलाई क्वारेनटाइन सेन्टर बनाउन प्रयोगमा ल्याउन सहयोग पुग्ने सारुखले बताएका थिए।

त्यस्तै, कलाकार एवं व्यापारी सचिन जोशीले पनि आफ्नो होटल बीएमसीलाई दिएका थिए।

 

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, चैत ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्