Kathmandu Press

कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ सचिव घिमिरे नियुक्त 

बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार सार्वजनिक भएको छ। 
कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ सचिव घिमिरे नियुक्त 

काठमाडौं, भदौ २१ : सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई नियुक्त गरेको छ। सरकारले राजस्व सचिव रहेका घिमिरेलाई रिक्त अध्यक्ष पदमा नियुक्त गरेको हो। 

बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार सार्वजनिक भएको छ। 

Hardik ivf

यस्तै, सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय समेत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा गुरुङलाई मनोनयन गरिएको हो।
  
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘ग्लोबल अप्रेसन नेटवर्क अफ एन्टि करप्सन ल इनफोर्समेन्ट अथोरिटिज (ग्लोब नेटवर्क)’ को सदस्यता स्वीकृति गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त निर्णय गरिएको जनाइएको छ। 
 

प्रकाशित मिति: १४:५० बजे, शुक्रबार, भदौ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्