Kathmandu Press

विश्वभर कोरोना संक्रमितको संख्या झण्डै १९ लाख 

काठमाडौं, चैत्र ३० : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ८० हजार ३१४ पुगेको छ । संक्रमितमध्ये ४ लाख ४ हजार ३१ जना उप....

विश्वभर कोरोना संक्रमितको संख्या झण्डै १९ लाख 

काठमाडौं, चैत्र ३० : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ८० हजार ३१४ पुगेको छ । संक्रमितमध्ये ४ लाख ४ हजार ३१ जना उपचारपछि निको भएर फर्किएका छन् ।

अहिले १२ लाख ६७ हजार ६२० जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५० हजार ५८४ जनाको अवस्था गम्भीर छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा बढी फैलिएको छ । हालसम्म ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघेको छ । अमेरिकामा ५ लाख ३२ हजार ८७९ जनामा संक्रमण भएको छ । २४ घण्टामा मात्रै ३० हजार ३ नयाँ संक्रमित फेला परेका छन् ।

Hardik ivf

कोरोना संक्रमितमध्ये २० हजार ५७७ जनाको मृत्यु भएको छ । एकै दिन अमेरिकामा १ हजार ८३० जनाले ज्यान गुमाएका छन् । इटालीमा एकैदिन ६१९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या हजार ४६८ पुगेको हो । इटालीमा एकैदिन ६१९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५२ हजार २७१ पुगेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ९१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ६०६ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ ।

भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ ।

प्रकाशित मिति: ०८:५० बजे, आइतबार, चैत ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्