Kathmandu Press

सरकारप्रति जनताको विश्वास सिर्जना गर्नेगरी काम गरौं : अर्थ सचिव घिमिरे

उनले पीडितले न्याय पाउनु पर्छ भन्ने नै उद्देश्य रहेकाले त्यो दिशामा हदम्यादको विषयमा र यसमा समेट्नु पर्ने विषयवस्तुको बारेमा पनि छलफल गरेर अगाडि बढ्नु पर्ने बताए।
सरकारप्रति जनताको विश्वास सिर्जना गर्नेगरी काम गरौं : अर्थ सचिव घिमिरे

काठमाडौं, भदौ १८ : अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेले समाजमा न्याय प्रणाली स्थापित हुनेगरी काम अगाडि बढाउनु पर्ने बताएका छन्।
 
मंगलबार अर्थ समितिमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलमा उनले सबैको उद्देश्य पीडितले न्याय पाउनु पर्छ भन्ने रहेकाले त्यो दिशामा, हदम्यादको विषयमा र यसमा समेट्नु पर्ने अन्य विषयवस्तुको बारेमा पनि छलफल गरेर अगाडि बढ्नु पर्ने बतए। 

‘हामी कसरी जाँदैछांै र समाजमा कसरी घटना घटिरहेको छ। ती घटनाहरुलाई एउटा निष्कर्षमा र न्याय प्रणाली पनि स्थापित गरेर अगाडि बढाउने गरी जानुपर्छ,’ उनले भने, ‘सरकारप्रति जनताले गर्ने विश्वास सिर्जना गर्नको लागि कसरी सकिन्छ यसमा पनि सबैले छलफल गर्न आवश्यक हुन्छ। विश्वसनियताको नै कमि भयो, विश्वास जगाउन सरकारको क्षमता, न्याय प्रणालीले न्याय दिने तरिका सबै कुरालाई विचार गर्नुपर्छ।’

Hardik ivf

उनले पीडितले न्याय पाउनु पर्छ भन्ने नै उद्देश्य रहेकाले त्यो दिशामा हदम्यादको विषयमा र यसमा समेट्नु पर्ने विषयवस्तुको बारेमा पनि छलफल गरेर अगाडि बढ्नु पर्ने बताए।

समाजमा घटनाहरु बढ्दै गएको भन्दै यसलाई निष्कर्षमा पु¥याएर जनतालाई न्याय दिने गरी प्रक्रियाहरु अगाडि बढाउनु पर्ने उनको भनाई छ। 

बैंकिङ कसूर तथा सजाय ऐनमा चेन अनादरको विषयलाई बढि प्राथमिकता दिइएको कुरामा उनले बैंकिङ् तथा वित्तिय प्रणालीमा आएको समस्याहरु समाधान गर्न र यसलाई सुधार गर्नको लागि बैङ्किङ्ग कसूर तथा सजाय ऐन आएको बताए। 

प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, भदौ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्