Kathmandu Press

कोरोना भाइरसले विश्वमा कण्डमको अभाव हुने

कोरोना भाइरसको महाव्याधिले कारखाना बन्द र “सप्लाइ चेन” अवरूद्ध हुँदा विश्वमा कण्डमको अभाव हुँदैछ। 

नोभेल कोरोनाभाइरसको संक्रमणले विश्वको आधा....

कोरोना भाइरसले विश्वमा कण्डमको अभाव हुने

कोरोना भाइरसको महाव्याधिले कारखाना बन्द र “सप्लाइ चेन” अवरूद्ध हुँदा विश्वमा कण्डमको अभाव हुँदैछ। 

नोभेल कोरोनाभाइरसको संक्रमणले विश्वको आधाभन्दा धेरै जनसंख्या घरभित्रै सीमित छन्। कम महत्वपूर्ण ठानिएका व्यवसायलाई विश्वभरिका सरकारले बन्द गर्न निर्देशन दिएको छ।

मलेसिया कण्डम लगायत विश्वकै ठूलो रबर उत्पादक हो। दक्षिणपूर्वी एसियामा संक्रमण बढेसँगै त्यहाँ गएको महिनादेखि देशव्यापी बन्दाबन्दी लागु गरिएको छ। 
मलेसियामा गर्भनिरोधकको ठूलो उत्पादक क्यारेक्सको सञ्चालनमा नियन्त्रण गरिएको छ। विश्वका पाँचमध्ये एउटा कण्डम यही कम्पनीले उत्पादन गर्छ। योसँगै मार्चको मध्यदेखि अप्रिलको मध्यसम्म संसारमा २० करोड कण्डम थोरै उत्पादन हुने देखिएको छ।

Hardik ivf

यातायातमा समस्या भएकाले विश्वका अन्य उत्पादकले कण्डमलाई बजारसम्म पुर्‍याउन कठिनाइ खेपिरहेका छन्। यसले गर्भनिरोधक कण्डमको आपुर्तिमा ठूलो प्रभाव पर्ने क्यारेक्सका प्रमुख कार्यकारी अधिकृत गोह म्या कियातले बताए। 

“विश्वमा निश्चय पनि कण्डमको अभाव हुनेछ,” उनले भने,“यो चुनौतीपूर्ण छ तर हामीले सक्दो प्रयास गरिरहेका छौं। यो ठूलो चिन्ताको विषय पनि हो। कण्डम आधारभूत मेडिकल सामग्री हो।”

क्यारेक्सले थुप्रै कम्पनी र सरकारहरूलाई कण्डम आपूर्ति गर्छ। विभिन्न अनुदान कार्यक्रमलाई पनि कण्डम वितरण गर्दछ। बन्दाबन्दी सुरू भएपछि कम्पनीले मलेसियास्थित तीन वटा कम्पनी बन्द गर्नुपर्‍यो। बन्दाबन्दी अप्रिल १४ सम्म लागु हुनेछ। त्यसयता साबिकको तुलनामा ५० प्रतिशत जनशक्तिबाट मात्रै उत्पादन गर्न कम्पनीले अनुमति पाएको छ। गोह भने उत्पादन बढाउन चाहन्छन्।

संयुक्त राष्ट्र संघले पनि यसमा चासो र चिन्ता व्यक्त गरेको छ। भाइरसका कारण सिर्जना भएको बाधा व्यवधानका कारण साबिकको तुलनामा ५० ६० प्रतिशतमात्रै कण्डम आपूर्ति भइरहेको संघले जनाएको छ।

“सीमा बन्द भइरहेको छ। कडाइका साथ अन्य नियम लागु भइरहेका छन्। थुप्रै देश र क्षेत्रमा यातायात र उत्पादन प्रभावित भइरहेको छ,” संयुक्त राष्ट्र संघको जनसंख्या कोषका एक अधिकारीले बताए। तत्कालको आवश्यकता पूरा गर्न थप आपूर्तिकर्ता थप्ने काम भइरहेको उनले बताए।

परिवार नियोजनलाई सहयोग गर्न विश्वभरिका सरकारसँग काम गर्ने कोषले आवश्यक स्थानमा चाँडोभन्दा चाँडो कण्डम आपूर्ति गर्नु सरोकारको मुख्य विषय भएको उनले बताए। अभावले सबैभन्दा गरिब र सबैभन्दा जोखिमा रहेकाहरू सबैभन्दा धेरै प्रभावति हुने पनि उनले चेतावनी दिए।

“कण्डम वा अन्य गर्भनिरोधकको अभावले अनिच्छित गर्भधारणको सम्भावना बढ्छ। किशोरी, महिला, उनीहरूको प्रेमी र परिवारकाले गम्भीर स्वास्थ्य र सामाजिक परिणाम भोग्नुपर्ने सम्भावना पनि उत्तिकै बढ्छ,” ती अधिकारीले बताए। असुरक्षित गर्भपतनको जोखिम पनि बढ्नसक्छ। यौन संक्रमण र एचआइभीको जोखिम पनि बढ्न सक्ने कोषले जनाएको छ।

कारखाना र सीमा बन्द हुँदा कण्डम उद्योग धरासायी भइरहेको छ भने माग पनि उत्तिकै बढिरहेको छ। मानिसहरू घरभित्र सीमित भएकाले संसारभरि कण्डमको माग बढेको गोहले बताए। बन्दाबन्दी घोषणा गरिएको एक सातापछि कण्डमको विक्री २५ देखि ३५ प्रतिशत बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अभावको सम्भावना बढिरहँदा चीनका कण्डम उत्पादकबाट केही सकारात्मक सङ्केत पनि आएका छन्। प्रशासनले नियम केही खुकुलो बनाएपछि प्रमुख उत्पादकले काम सुरू गरेका छन्।

वार्षिक एक अर्ब कण्डम उत्पादन गर्ने एचबिएम प्रोटेक्सन्सले उत्पादन सामान्य रूपमा फर्किएको बताएको छ। वर्षको अन्त्यसम्म तेब्बर उत्पादन गर्ने पहिलेको योजनालाई अघि बढाउने काम भइरहेको पनि कम्पनीले जनाएको छ।
 

प्रकाशित मिति: ०६:५४ बजे, आइतबार, चैत ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्