Kathmandu Press

दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्न अर्थको सहमति 

किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबीचको छलफलपछि अर्थले उक्त सहमति दिएको हो। 
दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्न अर्थको सहमति 

काठमाडौं, भदौ १७ : अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ।

अर्थले किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्ने गरी दुग्ध विकास संस्थानलाई रकम दिने गरी मन्त्रालयलाई सहमती दिएको हो। 

दुग्ध विकास संस्थानबाट दूधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका थिए । किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबीचको छलफलपछि अर्थले उक्त सहमति दिएको हो। 

चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ मात्र बजेट व्यवस्था भएको थियो। कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी अर्थले सहमती दिएको छ। 

अर्थको सहमतीपछि कृषि मन्त्रालयले मन्त्रिपरिषमा प्रस्ताव पेश गर्ने र प्रश्ताव पारित भएपछि कार्यान्वयन हुने छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्र सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ।

प्रकाशित मिति: १३:०४ बजे, सोमबार, भदौ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्