Kathmandu Press

बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै विजुली उत्पादन : मन्त्री तामाङ

मन्त्री तामाङले मंसिर भरमा नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालय अन्र्तगतसँगको सबै प्रक्रिया मिलाएर साँढे पाँच सय मेगावाट विद्युत बाल्न सफल हुने बताए।
बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै विजुली उत्पादन : मन्त्री तामाङ

काठमाडौं, भदौ १६ : ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले एक महिनाभित्र बाह्रबिसे जलविद्युत आयोजनाबाटे १०२ मेगावाट विद्युतबाट उत्पादन गर्ने बताएका छन्।

आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री तामाङले बाह्रबिसे र  भोटेकोशी जलविद्युत आयोजना बाट असोजभित्र विजुली उत्पादन गर्ने बताएका हुन् ।

Hardik ivf

‘बाह्रबिसे १०२ मेगावाट, भोटेकोशी जलविद्युतको काम करिव एक महिनामा सिध्याउने र बिजुली बाल्ने योनजा छ। करिब आठ महिना बितिसक्दा पनि वातावरण नमिलेर केही ढिलाइ भएको छ,’ उनले भने, ‘हामीले स्थलगत गएर अध्ययन गरिसकेका छौं। अब एक महिना अर्थात असोजभरीमा त्यहाँको १०२ मेगावाट विजुली उत्पादन गर्दैछौं।’

मन्त्री तामाङले मंसिर भरमा नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालय अन्र्तगतसँगको सबै प्रक्रिया मिलाएर साँढे पाँच सय मेगावाट विद्युत बाल्न सफल हुने बताए। उनले छिटोभन्दा छिटो नेपालको हरेक कुनाकाप्चामा बत्ती बाल्ने निर्णय भएको बताए।

कार्यक्रममा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राई, उर्जा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललगायतले आफ्नो धारणा राखेका थिए। 
 

प्रकाशित मिति: १६:०० बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्