Kathmandu Press

बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी

‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ। मुद्रास्फ्रिती सायद इतिहासमै तल छौं,’ उनले भने, ‘बाह्य क्षेत्रसँगै बैंकिङ सिस्टममा प्रसस्तै प्रचुर मात्रामा तरलता छ। तरलता, हालको अवस्था, सवलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ।’
बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ : गभर्नर अधिकारी

काठमाडौं, भदौ १६ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन्। 

नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताए।

Hardik ivf

‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ। मुद्रास्फ्रिती सायद इतिहासमै तल छौं,’ उनले भने, ‘बाह्य क्षेत्रसँगै बैंकिङ सिस्टममा प्रसस्तै प्रचुर मात्रामा तरलता छ। तरलता, हालको अवस्था, सवलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ।’

गभर्नर अधिकारीले तरलताकै आधारमा बैंकिङ प्रणालीको ब्याजदर तल रहेकोे बताए। 

उनले भोलिको दिनमा आर्थिक क्रियाकलापहरुलाई अगाडि बढाउनको लागि र नीजि क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए।  
 

प्रकाशित मिति: १३:१३ बजे, आइतबार, भदौ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्