जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता हो : मुख्यमन्त्री कार्की
धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्घाटन गर्दै उनले जनताको पहिलो चासोको विषय शान्तिसुरक्षा भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान जाने स्पष्ट पारे।सुनसरी, भदौ १५ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।
धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्घाटन गर्दै उनले जनताको पहिलो चासोको विषय शान्तिसुरक्षा भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान जाने स्पष्ट पारे।
जनतालाई सुरक्षित महसुस गराउनका लागि भवनहरू बनाउँदा मापदण्डलाई कठाइका साथ अपनाउनुपर्ने उनले बताए। उनले भने, ‘विकासका निर्माणहरूमा अघि बढ्नुस्, प्रदेश सरकार सधैं सहयोग गर्न तयार छ।’
धरानलाई खेलकुद र लाहुरेको सहर भनेर चिनिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले पनि धरान त्यतिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे।
प्रकाशित मिति: २०:३० बजे, शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरुआइतबार, भदौ २३, २०८१
गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रहशनिबार, भदौ २२, २०८१
आन्तरिक आय बढाउन बागमती सरकारद्वारा समिति गठनशनिबार, भदौ २२, २०८१
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्यशुक्रबार, भदौ २१, २०८१