Kathmandu Press

लकडाउनले रोकिए ‘परित्यक्ता’ र ‘सिंहदरबारको धुम्ने मेच’

काठमाडौं, चैत २९ : लकडाउनका कारण यो महीना प्रकाशनको सूचिमा रहेका ‘परित्यक्ता’ र ‘सिंहदरबारको धुम्ने मेच’ पुस्तक पुस्तक रोकिएका....

लकडाउनले रोकिए ‘परित्यक्ता’ र ‘सिंहदरबारको धुम्ने मेच’

काठमाडौं, चैत २९ : लकडाउनका कारण यो महीना प्रकाशनको सूचिमा रहेका ‘परित्यक्ता’ र ‘सिंहदरबारको धुम्ने मेच’ पुस्तक पुस्तक रोकिएका छन्।

नेपालयले मार्च महिनामा ुमहिला श्रृंखला २०२०’अन्तर्गत महिला लेखकका पुस्तक प्रकाशन गर्ने तयारी गरेको थियो। जसमा पहिलो पुस्तक दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ प्रकाशन भएको थियो।

त्यसपछि प्रकाशनको क्रममा रहेका भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ र डा.सुधा शर्माको ‘सिंहदरबारको धुम्ने मेच’ पुस्तक रोकिएका हुन्।

Hardik ivf

भुवन ढुंगाना।

यो ढुंगानाको पहिलो उपन्यास हो। त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर ढुंगानाका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’ कथा संग्रह प्रकाशित छन्।

डा.शर्माको पुस्तकमा सिंहदरबारको अनुभव समेटिएको छ। यस पुस्तकले २०६२/६३ को दोस्रो जनआन्दोलनपछिको समयमा सरकारी सेवामा कार्यरत एउटी महिला सचिवको साहसिक कार्यसम्पादन र चुनौतिहरूको कथा बोकेको छ।

डा.सुधा शर्मा।

डा. शर्मा प्रसुति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले तीन वर्ष स्वास्थ तथा जनसंख्या मन्त्रालयमा सचिवको रुपमा कार्यसम्पादन गरेकी थिइन्। डा। सुधाले सिंहदरबारकै परिवेशको भोगाइलाई आकर्षक कथ्यशैलीमा पुस्तकमा उतारेकी छन्।

दुवै पुस्तक लकडाउन सकिँएपछि प्रकाशन गरिने पब्लिकेसन नेपालय प्रमुख कार्यकारी सैजन मास्के बताइन्। अब इबुकमा पनि जाने तयारी गरिएको उनले बताइन्।

 

प्रकाशित मिति: १४:१० बजे, शनिबार, चैत २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्