नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशालाई प्रचण्डले दिए बधाई
सामाजिक सञ्जालमार्फत उनले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि पलेशालाई बधाई दिएका हुन्।काठमाडौं, भदौ १५ : नेपाललाई पारा ओलम्पिकमा पहिलो पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन्।
पलेशाले तेक्वान्दोको के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सर्बियाकी मारिया मिसेभलाई १५–८ले हराउँदै शुक्रबार राति कांस्य जितेकी थिइन्।
सामाजिक सञ्जालमार्फत उनले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि पलेशालाई बधाई दिएका हुन्।
‘नेपालकी पलेशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्,’ उनले लेखेका छन्, ‘पलेशालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ।’
प्रकाशित मिति: ११:४० बजे, शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो टेस्टमा भारत बलियाे, अष्ट्रेलियाविरुद्ध २१८ रनको अग्रताशनिबार, मंसिर ८, २०८१
ग्वार्डिओलाले नवीकरण गरे सिटीसँगको सम्झौताशुक्रबार, मंसिर ७, २०८१
बसन्त खत्री बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’शुक्रबार, मंसिर ७, २०८१
क्यानडाका पूर्वकप्तान साद बिन जाफर लुम्बिनी लायन्समाबिहीबार, मंसिर ६, २०८१