Kathmandu Press

क्वारेन्टाइन उत्सवको अन्तिम दिन, ‘गर्भछिटा’ र ‘ताराबाजी लैलै’ देखाइँदै

काठमाडौं, चैत २९ : क्वारेन्टाइन अभियान नाट्य उत्सवको आज अन्तिम दिन दुई नाटक देखाइँदै छन्।

यो अभियानको आज १६औं दिनमा कर्णाली आर्ट सेन्टरको प्....

क्वारेन्टाइन उत्सवको अन्तिम दिन, ‘गर्भछिटा’ र ‘ताराबाजी लैलै’ देखाइँदै

काठमाडौं, चैत २९ : क्वारेन्टाइन अभियान नाट्य उत्सवको आज अन्तिम दिन दुई नाटक देखाइँदै छन्।

यो अभियानको आज १६औं दिनमा कर्णाली आर्ट सेन्टरको प्रस्तुति  ‘गर्भछिटो’ नाटक देखाइँदै छ। हिरा बिजुली नेपालीको लेखन र निर्देशन रहेको यस नाटकले सामाजिक, जातीय विभेदलाई देखाउने प्रयास गरेको छ।

यो नाटकले परम्पराको नाममा रहेको सामाजिक विभेद, महिला तथा दलितमाथिको गरिने दमन र विभेदलाई उजागर गरेको छ।

Hardik ivf

यसमा हिरा बिजुली नेपाली, गोविन्द सुनार, राज मल्ल, गणेशबहादुर खड्का, जसुल्ली नेपाली, सुशिला रावल, अर्जुन परियार, दीपेन्द्र नेपाल, भीमबहादुर बिक, हेमराज बिक, रामु बिक, जन्मलक्ष्मी हमाल, उजेली खड्का, औसिमा परियार, खामु बिकलगायतका कलाकारहरुको अभिनय रहेको छ। यो दिउसो १ बजेदेखि प्रसारण गरिँदै छ।

त्यस्तै, बेलुकी ५ बजे आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लैलै’ प्रस्तुत गरिँदै छ। मोर्टन क्रोगको निर्देशन रहेको यस नाटकमा बदलिरहने मानिसको सिकाइ र भोगाइलाई समेटिएको छ।

मानिसको सोच अनुसार व्यवहारमा आउने परिवर्तन र त्यो परिस्थितिमा गर्ने अनुभूति नै नाटकको मुख्य विषयवस्तु रहेको छ।

यसमा कलाकार अरुणा कार्की, पशुपति राई, भोलाराज सापकोटा, कमलमणि नेपाल, सरिता गिरी, कर्मा, समुना केसी, राजकुमार पुडासैनीलगायतको अभिनय रहेको छ।

विश्व रङ्गमञ्च दिवसमा सुरु भएको महोत्सव दुई साता चलेको हो। लकडाउनमा बसिरहेको कलाप्रेमी दर्शकलाई रङ्गमञ्चमा जोड्ने प्रयास थिएटर मलले गरेको जनाएको छ।

भिडियो नाटकलाई थिएटर मल र्कीर्तिपूर रङ्गमञ्ज र थिटर सेन्टर फर चिल्डे«नले संयुक्त रुपमा आयोजना गरेका हुन्। थिएटर मलको फेसबुक पेजमार्फज प्रसारण भइरहेको छ।

 

प्रकाशित मिति: १३:३५ बजे, शनिबार, चैत २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्