Kathmandu Press

निर्भिक प्रशासक अर्याललाई निजामती प्रशासनको साँचो

नले २०४६ सालबाट नायव सुब्बा भएर सरकारी सेवा प्रवेश गरेका थिए। उनी खुला प्रतिस्पर्धाबाट २०५१ फागुन ४ गते शाखा अधिकृत बने। सहसचिवसम्म खुला प्रतिस्पर्धाबाटै नियुक्त भएका व्यक्ति हुन्, अर्याल। 
निर्भिक प्रशासक अर्याललाई निजामती प्रशासनको साँचो

काठमाडौं, भदौ १४ : भदौ १३ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिसकेको छ। 

वर्तमान मुख्यसचिव लीलादेवी गड्तौला उमेर हदका कारण अवकाशमा जाने भएसँगै अर्याल २८ औं मुख्यसचिवको रूपमा निजामती प्रशासनको मुख्य जिम्मेवारी समाल्न लागेका हुन्। 

अर्याललाई निजामती क्षेत्रका निर्भिक प्रशासकका रूपमा चिनिन्छ। अर्याल स्याङ्जाको करेनडाँडा–४ का हुन् । उनले २०४६ सालबाट नायव सुब्बा भएर सरकारी सेवा प्रवेश गरेका थिए। उनी खुला प्रतिस्पर्धाबाट २०५१ फागुन ४ गते शाखा अधिकृत बने। सहसचिवसम्म खुला प्रतिस्पर्धाबाटै नियुक्त भएका व्यक्ति हुन्, अर्याल। 

Hardik ivf

अर्याल २०५८ सालमा उपसचिवमा नियुक्त भएका थिए। २०६७ फागुन १९ गते सहसचिव सिफारिस भए । अर्याल २०७६ फागुन १८ गते अर्याल सचिवमा बढुवा भएका हुन् । यसरी उनले निजामती सेवामै साढे ३४ वर्ष व्यतित गरिसेका छन्। उनले २०८० फागुनमा गृह मन्त्रालयको सचिवको जिम्मेवारी समेत समालेका थिए । त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा थिए। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अर्यालले कार्यालयको संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) सर्भे गरी दरबन्दी पुनरावलोकन गरेका थिए। गृहमा सहसचिव हुँदा अर्यालले गृह प्रशासन सुधार योजना निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेले। 

अध्यागमन प्रशासनमा विभिन्न सुधारका काम गरे। उनीसँग उपसचिवको भूमिकामा निजामती किताबखानामा काम गरेको अनुभव समेत छ। उनी कर्मचारीको सिट्रोल र कर्मचारीको सम्पत्ति विवरण निर्माण गरी विद्युतीय अभिलेख राख्ने प्रणाली सुरू गर्ने अफिसर थिए। 

काठमाडौं प्रमुख जिल्ला अधिकारी भएका बेला २०७२ को महाभूकम्प विपद् प्रतिकार्य व्यवस्थापनको उत्कृष्ट काम गरेको भन्दै निजामती सेवा पुरस्कार समेत पाएका थिए । यस्तै, मकवानपुर, तनहुँ र काठमाडौंको सीडीओ भएका उनले मकवानपुर रहँदा उत्कृष्ट प्रजिअको रूपमा नागरिक अभिनन्दन गरिएको थियो।

Yek-Narayan-Aryal-1721042551.jpg

उनले भारतको कोलकातामा महावाणिज्यदूत भएर काम गरे । त्यहाँ रहँदा इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमको सुरूवात गरे । उनकै नेतृत्वमा संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तहको स्व–मूल्याङ्कन प्रणालीको शुरुवात भएको थियो। 

यस्का अतिरिक्त नागरिकता सिफारिसको कार्यलाई सहज र प्रविधिमैत्री बनाउन नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीआईएमएस) लाई स्थानीय तहसँग आवद्ध गरी वडा कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा सोझै नागरिकता सिफारिस गरी पठाउने प्रणालीका लागि उनले पहलकदमी लिएका थिए । हाल ५२० वडाबाट यो सेवा सञ्चालनमा आइसकेको छ।

वैदेशिक रोजगार सूचना प्रणाली (एफईआइएस) को पूर्ण कार्यान्वयन तथा अनलाइनबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउन समेत उनको भूमिका छ। अर्यालले चीनतर्फको प्रस्थान र आगमन अनुमतिलाई प्रविधिमैत्री बनाएका थिए। 

अर्यालको नेतृत्वमा भएको कोरोला र टिंकर सीमा नाकामा अध्यागमन कार्यालय स्थापना र संचालनको तयारी अवस्थामा छ। नेपाल प्रहरी र एपीएफ दुवै सुरक्षा निकायबाट राजश्व संकलनमा भएको प्रगतिको साप्ताहिक विवरणको सुरुवात अर्यालले गराएपछि १५ प्रतिशतको सरदरले राजस्व बढेको बताइन्छ। 

सुरक्षा निकायका अस्पतालको सुधार एवम् सेवा स्तरोन्नतिको लागि पनि उनले पहल समेत गरेका थिए । यसरी अर्यालसँग बहुआयामिक कार्य अनुभव रहेको छ। 

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्