मोहन मैनालीको ‘मुकाम रणमैदान’ले पायो मदन पुरस्कार
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले २०८० को मदन पुरस्कारकाे अन्तिम सूचीमा रहेका ५ पुस्तक मध्ये मैनालीको ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो।काठमाडौं, भदौ १४ : मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’लाई यो वर्षको मदन पुरस्कार प्रदान गरिने भएको छ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले २०८० को मदन पुरस्कारकाे अन्तिम सूचीमा रहेका ५ पुस्तक मध्ये मैनालीको ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो।
मदन पुरस्कारको अन्तिम सूचीमा मैनालीको ‘मुकाम रणमैदान’सँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ थिए।
यस्तै, गुठीले यो वर्षको जगदम्बा श्री पुरस्कार प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय गरेको छ।
पुरस्कार आगामी असोजमा वितरण हुनेछ। दुवै पुरस्कारको राशी समान ४ लाख रुपैयाँ छ।
प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमाशनिबार, भदौ २२, २०८१
यौनिक तथा लैङ्गिक अल्पसंख्यकले मनाए ‘इन्द्रेणी तीज’शुक्रबार, भदौ २१, २०८१
रमजान अली मियाँको पुस्तक ‘नमाज’ सार्वजनिकबिहीबार, भदौ २०, २०८१
मेरिल्यान्डमा नेपथ्यसँगै झुमे दर्शकमंगलबार, भदौ १८, २०८१