Kathmandu Press

प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि 

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रस्तावित राजदुतहरुमाथि उजुरी गर्ने उजुरीकर्ताहरुसँग छलफल गर्ने भएको हो। 
प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि 
फाइल तस्बिर।

काठमाडौं, भदौ १४ : संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरु गर्ने भएको छ। 

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रस्तावित राजदुतहरुमाथि उजुरी गर्ने उजुरीकर्ताहरुसँग छलफल गर्ने भएको हो। 

समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार भदौ १६ देखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ। 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गर्दै आजदेखि सुनुवाइ सुरु गर्ने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: ११:३४ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्