Kathmandu Press

माओवादी अध्यक्ष दाहालको अभिव्यक्तिप्रति एमालेको आपत्ति

बुधबार प्रतिनिधिसधाको बैठकमा विभिन्न देशको घट्नासँग जोडेर अध्यक्ष दाहालले विभिन्न आवेगपूर्ण अभिव्यक्ति राखेकोमा ध्यानाकर्षण गराएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 
माओवादी अध्यक्ष दाहालको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं, भदौ १३ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। 

बिहीबार पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार प्रतिनिधिसधाको बैठकमा विभिन्न देशको घट्नासँग जोडेर अध्यक्ष दाहालले विभिन्न आवेगपूर्ण अभिव्यक्ति राखेकोमा ध्यानाकर्षण गराएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

‘पछिल्लो समयमा समाजमा केही अराजकताको प्रवृति बढेको जस्तो भएको छ। विभिन्न देशका घट्नासँग जोडेर चर्चा परिचर्चा हुँदै गरेको र संसदमा रहेका कतिपय दलहरु खासगरी सत्ताबाट बाहिरिएसँगै बढि आवेगपूर्ण टिप्पणीहरु र अभिव्यक्ति दिन थाल्नुभएकोप्रति पनि ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यस्तो गैरजिम्मेवारी अभिव्यक्ति कसैले पनि दिनुहुन्न। त्यस्तो कुरामा बढवा दिनुहुँदैन। यस विषयमा पनि बैठकले ध्यानाकर्षण गराएको छ।’

अध्यक्ष दाहालले श्रीलंका र बंगलादेशको घट्ना नेपालमा पनि दोहोरिन सक्ने अभिव्यक्ति राखेका थिए।    
 

प्रकाशित मिति: २१:३२ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्