Kathmandu Press

समाजवादी कार्यदिशा समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्छ : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले नवनिर्वाचित पदाधिकारी, पोलिटब्युरो कमिटी तथा सिगो केन्द्रीय कमिटीका सदस्यले दृढ र एकताबद्ध भएर महाधिवेशनले पारित गरेको क्रान्तिकारी कार्यदिशा पूरा गर्नुपर्ने बताए।
समाजवादी कार्यदिशा समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं, भदौ १३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै अध्यक्ष नेपालले नवनिर्वाचित पदाधिकारी, पोलिटब्युरो कमिटी तथा सिगो केन्द्रीय कमिटीका सदस्यले दृढ र एकताबद्ध भएर महाधिवेशनले पारित गरेको क्रान्तिकारी कार्यदिशा पूरा गर्नुपर्ने बताए।

अध्यक्ष नेपालले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतले पारित गरेका दस्तावेजले नेपाली विशेषताको समाजवादी कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्ने पार्टीको काँधमा ऐतिहासिक अभिभारा आएको बताउँदै अध्यक्ष नेपालले त्यसलाई पूरा गर्नु पार्टीका सबै नेता तथा कार्यकर्ता संकल्पबद्ध, योजनाबद्ध भएर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा अध्यक्ष नेपालले नवनिर्वाचित १८ पदाधिकारी साथै ८४ पोलिटब्युरो सदस्यलाई सपथ गराएका छन्। 

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्