ऊर्जामन्त्री र आइएफसीका प्रतिनिधिबीच छलफल
उनले नेपालका गौरवका आयोजनामा आवश्यक वित्तिय परामर्शसँगसँगै ठूला आयोजनालाई समयमा नै काम सम्पन्न गराई आर्थिक विकासमा थप सहयोग गर्न आइएफसीको ठूलो सहयोग रहेको बताए।
काठमाडौं, भदौ १३ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय वित्तिय निगम (आइएफसी) का नेपाल प्रतिनिधि बाबकर फाएबीच नेपालको ऊर्जा र जलस्रोत क्षेत्रको विकासका बारेमा छलफल भएको छ।
ऊर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले आइएफसीले नेपालको ऊर्जा र जलस्रोतको विकासमा गरेको सहयोग सराहनीय रहेको बताए।
उनले नेपालका गौरवका आयोजनामा आवश्यक वित्तिय परामर्शसँगसँगै ठूला आयोजनालाई समयमा नै काम सम्पन्न गराई आर्थिक विकासमा थप सहयोग गर्न आइएफसीको ठूलो सहयोग रहेको बताए।
अपर अरुण, बुढीगण्डकी, अपर कर्णालीजस्ता ठूला आयोजनाको विकासमा राज्य लागेकाले विश्व बैंक र आईएफसीजस्ता संस्थाको विशेष सहयोग रहेको उनले उल्लेख गरे। मन्त्री खड्काले जलविद्युत् क्षेत्रमा गर्दै आएको विकासका लागि धन्यवाद दिँदै आगामी दिनमा सिँचाइ क्षेत्रसमेतमा सहयोगको खाँचो रहेको बताए।
भेटमा फाएले नेपालले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गरेकाले आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
भविष्यमा ग्रीन फाइनान्स र वैकल्पिक ऊर्जामा पनि लगानी विस्तार गर्दै आगामी दिनमा नेपाललाई ऊर्जा क्षेत्रमा समृद्ध बनाउने कोसिसमा आइएफसी रहेको बताए।












