Kathmandu Press

‘नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्छ’

‘लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गर्न पाउनु महत्वपूर्ण उपलब्धि हो, यसले यहाँहरुलाई अवसर मात्रै दिएको हौइन,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व र जिम्मेवारी पनि दिएको हो, यसलाई आत्मसात् गरेर नागरिकमैत्री सेवा दिनुहुनेछ भन्ने विश्वास छ,’ मन्त्री गुप्ताले भने।
‘नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्छ’

ललितपुर, भदौ १३ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्ने बताएका छन्। 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित शाखा अधिकृतहरुको ३८औं आधारभूत प्रशासन प्रशिक्षण दीक्षान्त समारोहमा उनले राष्ट्र, राष्ट्रियता र नागरिकलाई सम्झेर सार्वजनिक सेवा गर्नुपर्ने उल्लेख गरे।

Hardik ivf

‘लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गर्न पाउनु महत्वपूर्ण उपलब्धि हो, यसले यहाँहरुलाई अवसर मात्रै दिएको हौइन,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व र जिम्मेवारी पनि दिएको हो, यसलाई आत्मसात् गरेर नागरिकमैत्री सेवा दिनुहुनेछ भन्ने विश्वास छ,’ मन्त्री गुप्ताले भने।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रदान गर्ने तालिमलाई अझ गुणस्तरीय बनाउन पहल गर्ने मन्त्री गुप्ताको भनाई थियो। 

यस्तै, मन्त्रालयका सचिव भरतमणि सुवेदीले सेवा प्रवेशको अवसरमा छ महिनासम्म सिकेका सिद्धान्त, कानुन तथा इतिहासलाई नेपालको आवश्यकता र सेवाग्राहीको भावनामा आधारित रहेर सेवा प्रवाह गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्