Kathmandu Press

‘संक्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितमैत्री छ’

‘पीडितमैत्री कानुन बनेको छ, मानव अधिकार उल्लंघनका घटनामा पीडितको सहमति भए मात्रै परिपूरणमा जान सक्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘पीडितको सहमतिमा काम अघि बढनेछ, कानुनले पीडितलाई पूर्णरुपमा न्याय गर्नेछ।’
‘संक्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितमैत्री छ’
फाइल तस्बिर।

काठमाडौं, भदौ १३ : कानुन, न्याय तथा संसदीय ममिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितमैत्री बनेको बताएका छन्। 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ‘बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आयोजना गरिएको  कार्यक्रममा मन्त्री चौरसियाले संक्रमणकाली न्यायसम्बन्धी कानुनपीडितलाई न्याय दिने किसिमको भएको बताए।

Hardik ivf

‘पीडितमैत्री कानुन बनेको छ, मानव अधिकार उल्लंघनका घटनामा पीडितको सहमति भए मात्रै परिपूरणमा जान सक्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘पीडितको सहमतिमा काम अघि बढनेछ, कानुनले पीडितलाई पूर्णरुपमा न्याय गर्नेछ।’

महान्यायाधिवक्ता रमेश बडालले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउने उद्देश्यले नै राजनीतिक दलहरुबीच सहमति भएर दुवै सदनबाट पारित भएको प्रमाणीकरणका लागि गएको स्पष्ट पारे।

‘सङ्क्रमणकालीन न्याय धेरै लम्ब्याउनु हुँदैन भन्ने पक्षमा राजनीतिक दल एकताबद्ध भएर उभिएको प्रष्ट देखिन्छ। सत्य अन्वेषण गर्ने मुख्य काम हो, त्यसका लागि कानुन पर्याप्त छ,’ मन्त्री चौरासियाले भने।

महान्यायाधिवक्ता बडालले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याएर पीडितलाई जतिसक्दो छिटो न्याय दिनुपर्नेमा जोड दिए।

आयोगका सचिव लोकराज पराजुलीले आयोगले गरेको कामका बारेमा जानकारी गराउँदै सत्य अनुसन्धान गरी पीडितलाई न्याय दिने विषयमै आयोगले काम गरिरहरको र आयोगमा पदाधिकारी आएपछि काम थप अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १८:०७ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्