रविलाई रामहरि खतिवाडाको प्रश्न– आफूविरुद्ध बोल्दा महामन्त्रीलाई पार्टीबाटै निकाल्ने अनि लोकतन्त्रको कुरा गर्ने?
‘प्रजातन्त्रको दुहाइ दिने साथीहरूको कुरा सुनेका छौं, पार्टीभित्र बोल्नेबित्तिकै निकाल्ने महामन्त्रीजस्ता मान्छेलाई घोक्रेठ्याक लगाएर निकाल्ने अनि अरु पार्टी प्रजातान्त्रिक भएनन् भनेर भाष्य सिर्जना गर्ने काम पनि यहीभित्र भएको छ,’ उनले भने।
काठमाडौं, भदौ १३ : कांग्रेस सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रको कुरा गर्न नसुहाउने बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा बोल्दै सांसद खतिवडाले आफूविरुद्ध बोल्ने महामन्त्रीलाई पार्टीबाटै निस्कासन गर्नेले लोकतन्त्रका कुरा गर्न नसुहाउने बताएका हुन्।
रास्वपा सभापति लामिछानेको क्रियाकलापविरुद्ध लामोसमय देखि प्रश्न गर्दैका आएका महामन्त्री मुकुल ढकाललाई रास्वपाले बुधबार मै पार्टीको साधारण सदस्य पनि नरहने गरी निकास्सन गरेको थियो। सोही विषयमा खतिवाडले रवि लामिछानेविरुद्ध कटाक्ष गरेका हुन्।
उनले अरू पार्टी प्रजातान्त्रिक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि बताए।
‘प्रजातन्त्रको दुहाइ दिने साथीहरूको कुरा सुनेका छौं, पार्टीभित्र बोल्नेबित्तिकै निकाल्ने महामन्त्रीजस्ता मान्छेलाई घोक्रेठ्याक लगाएर निकाल्ने अनि अरु पार्टी प्रजातान्त्रिक भएनन् भनेर भाष्य सिर्जना गर्ने काम पनि यहीभित्र भएको छ,’ उनले भने।
यस्ते, सांसद खतिवाडले कसैलाई तर्साएर कानुन हातमा लिने पक्षमा सत्तारूढ गठबन्धन नरहेको बताए। उनले गठबन्धन वाक स्वतन्त्रताको पक्षमा रहेको बताए।
उनले आफूहरु इष्र्या र प्रतिशोधका आधारमा कारबाही गर्ने पक्षमा रहेको बताउँदै दोष, कानुनको आधारमा कारबाही गर्ने पक्षमा रहेको बताए।
आफू सत्तामा नहुने बित्तिकै देश ‘बंगलादेश र श्रीलंका’ हुने भन्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाए ।












