प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण
ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठकअघि अध्यक्ष ओली प्रतिमा अनावरण गरेका हुन् ।
काठमाडौं, भदौ १३ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन्।
ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठकअघि अध्यक्ष ओली प्रतिमा अनावरण गरेका हुन्।
अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए। कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन्।
प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












