रविप्रति गगनको कटाक्ष– तथ्य–प्रमाणकै आधारमा ९ घन्टासम्म बयान लिइएको हो
‘साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ मलाई। नौ घण्टासम्म लिएको बयान हो बयान, सफाइ होइन,’ उनले भने, ‘फैसला त आउनै बाँकी छ, म त तथ्य र प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिराखेको छु।’
काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री गगन थापाले सहकारी संस्थाको रकम अपचलन प्रकरणमा संसदीय समितिले तथ्य र प्रमाणकै आधारमा ९ घन्टासम्म बयान लिएको भनाई राखेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले रास्वपा सभापति रवि लामिछानेलाई कटाक्ष गर्दै यस्तो भनाई राखेका हुन्।
समितिले लामिछानेसँग लामिछानेसँग ९ घन्टासम्म बयान लिएको थियो। यसअघि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भनेर कुर्लनेहरूले १०६ दिनसम्म परिणाम दिन नसकेको बताएका थिए।
‘साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ मलाई। नौ घण्टासम्म लिएको बयान हो बयान, सफाइ होइन,’ उनले भने, ‘फैसला त आउनै बाँकी छ, म त तथ्य र प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिराखेको छु।’
थापाले फैसला आउने दिन गनेर बस्न पनि उनले आग्रह गरेका छन् । सहकारी संस्थाको बचत अपचलनमा लामिछानेमाथि छानबिन गर्न समिति गठनको माग गर्दै कांग्रेसले विगतमा संसद अबरुद्ध गरेको थियो ।