Kathmandu Press

उत्तेजनामा राजनीति नगर्न प्रचण्डलाई गगन थापाको आग्रह

‘प्रतिपक्षमा बस्दै गर्दा सरकारको मात्रै अपोजिसन हो। सरकारले पनि त्यसको सम्मान गर्नुपर्छ। गरिरहेको छ, नभए हामी छौं। विपक्षी दलको जिम्मेवारी जसले लिएको छ त्यसले पनि सोच्नुपर्छ।’
उत्तेजनामा राजनीति नगर्न प्रचण्डलाई गगन थापाको आग्रह

काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्ने भन्दै उत्तेजनाको राजनीति नगर्न सुझाव दिएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्तेजनाको राजनीति सहज हुने र चेतनाको राजनीति एकदमै गार्हो हुने भन्दै प्रचण्डलाई उत्तेजनताको राजनीति नगर्न सुझाएका दिएका हुन्। 

Hardik ivf

‘पूर्वप्रधानमन्त्रीले हिजो बोल्दैगर्दा नेपाल बंगलादेश होला, श्रीलंका होलासम्म भन्न भ्याउनुभया । धर्मपाठमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होइन होला,’ उनले भने, ‘प्रतिपक्षमा बस्दै गर्दा सरकारको मात्रै अपोजिसन हो। सरकारले पनि त्यसको सम्मान गर्नुपर्छ। गरिरहेको छ, नभए हामी छौं। विपक्षी दलको जिम्मेवारी जसले लिएको छ त्यसले पनि सोच्नुपर्छ।’

सांसद थापाले एकछिनको लाभ र अन्तरविरोधमा खेल्नको यतिधेरै नबरालिन प्रचण्डलाई उनले आग्रह गरे। 

उनले जिम्मेवार भएर विपक्षीको भूमिका निर्वाह गर्न चेतावनी दिँदै प्रमुख विपक्षी दल भनेको सरकारको मात्र विपक्षी हुने मुलुक र राज्यप्रणालीको विपक्षी नहुने उल्लेख गरे। 

‘अपोजिसनमा बसेको यत्रो वर्ष शासन चलाएको नेता, फेरि कुनैपनि बेला जिम्मेवारी लिनुपर्ने पनि होला,’ उनले माओवादी अध्यक्ष दाहाललाई भने, ‘एकछिनको लाभको लागि आफ्नो दलका साथीहरूलाई क्षणिक कुरामा खेल्नका लागि सजिलो होला तर आफूले लगाएको आगोले आफैंलाई जलाउनसक्छ।’

थापाले आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्ने, आफैंलाई जलाउन सक्ने बताए। उनले उत्तेजनको राजनीति बढो सहज भएको बताउँदै चेतनाको राजनीति एकदमै गार्हो हुने बताए। 
 

प्रकाशित मिति: १४:५८ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्