Kathmandu Press

वायुसेवा निगमलाई व्यवस्थित गरिएन भने लाजमर्दो हुन्छ : यादव

नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्या सम्बन्धी छलफलमा उनले नेपाल वायु सेवाले नेपालको प्रतिनिधित्व गर्ने भन्दै यस विषयमा साझा निष्कर्षलाई कार्यान्वयन गर्ने गरि अगाडि बढ्नुपर्ने बताए।  
वायुसेवा निगमलाई व्यवस्थित गरिएन भने लाजमर्दो हुन्छ : यादव

काठमाडौं, भदौ १३ : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले अब कुनै बहानाबिना वायु सेवा निगमलाई व्यवस्थित गर्नको लागि काम गर्नुपर्ने बताएका छन्।  

बिहीबार समितिमा भएको नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्या सम्बन्धी छलफलमा उनले नेपाल वायु सेवाले नेपालको प्रतिनिधित्व गर्ने भन्दै यस विषयमा साझा निष्कर्षलाई कार्यान्वयन गर्ने गरि अगाडि बढ्नुपर्ने बताए।  

Hardik ivf

‘राज्य सत्ता सञ्चालन कसरी भइरहेको छ त्यसको नेपाल वायु सेवा भनेको प्रतिनिधि हो। यसरी चल्दैन यसलाई नीजिकरण गरौं। सबैको साझा चिन्ताको विषय हो,’ उनले भने, ‘समस्याको बोध सबैलाई छ तर समस्याको समाधान कसरी गर्ने भन्ने कुरा फरक फरक हुनसक्छ। यसमा साझा निष्कर्षलाई कार्यान्वयन गर्ने गरि अगाडि बढ्नुपर्छ। अब कुनैपनि बहाना बनाएर उम्किन पाउने छैन्।’

यादवले भने वायु सेवा भनेको संवेदनशिल विषय भएको भन्दै कुनै पनि बहानामा पछि नहट्ने भन्ने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्ने बताए। 

‘यस्तो संवेदनशील विषय र अन्तर्राष्ट्रिय रुपमा नेपालको मान राख्ने विषयको व्यवस्थापन राम्रो हुनुपर्छ। बस चलाउने मान्छे पनि बढि व्यवस्थित हुन्छ होला चाडपर्व आएपछि। हामी वायु सेवा सञ्चालन गर्ने कुरा गर्दैछौं,’ उनले भने, ‘यो संवेदनशिलतालाई बुझ्न सकेनौ भने हामी कहाँ पुग्छौ होला भन्ने हाम्रो साझा चिन्ता हो। अब कुनै पनि बहानामा पछि नहट्ने भन्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ।’
 
राज्यभन्दा मान्छे बलियो देखिएको र उसले नै राज्यलाई घुमाउने जुन प्रवृत्ति देखिएको छ त्यो राम्रो नभएको र चिन्ताको विषय भएको बताए। 

प्रकाशित मिति: १५:०० बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्