Kathmandu Press

पर्यटनलाई विज्ञ र व्यवसायीहरुले अगाडि बढाएका छन् : मन्त्री भण्डारी

‘संस्थाले असाध्यै समसामहिक, अति महत्वपूर्ण विषय र विभागहरु जोडेको छ। मुलुकमा धेरै कुराको आवश्यक्ता छ र ति आवश्यक्ताहरुलाई पूरा गर्न  संस्थाले बेला बेला झक्झक्याईरहेको छ । यसले संस्थाको महत्व झल्किने छ,’ उनले भने।
पर्यटनलाई विज्ञ र व्यवसायीहरुले अगाडि बढाएका छन् : मन्त्री भण्डारी

काठमाडौं, भदौ १३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ज्यानु बसन्त राज मिश्र फाउण्डेशनले प्रतिभाहरुको सम्मान गरेर ऐतिहासिक काम गरेको बताएका छन्। 

मन्त्री भण्डारीले संस्थाले महत्वपूर्ण विषय र विभागहरुलाई आफ्नो  ठाउँबाट झक्झक्याएर सहयोग गरेको भन्दै प्रशंसा पनि गरे। 

Hardik ivf

बिहीबार ज्यानु बसन्त राज मिश्र फाउण्डेशन समाजिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुरस्कार प्रदानले सबैमा प्रतिभा झन झल्किरहेको बताए। 

‘संस्थाले असाध्यै समसामहिक, अति महत्वपूर्ण विषय र विभागहरु जोडेको छ। मुलुकमा धेरै कुराको आवश्यक्ता छ र ति आवश्यक्ताहरुलाई पूरा गर्न  संस्थाले बेला बेला झक्झक्याईरहेको छ । यसले संस्थाको महत्व झल्किने छ,’ उनले भने।

नेपालको पर्यटन क्षेत्रको विकासमा यस्ता निजी क्षेत्रहरुले महत्वपूर्ण भूमिका खेलेको उनले बताए। 

मन्त्री भण्डारीले यो क्षेत्रको विकासमा नेपाल सरकारको सहयोग  भन्दा पनि निजी क्षेत्रमा लागेका विज्ञहरू र व्यवसायीहरुले पर्यटन क्षेत्रलाई अगाडि बढाएको जिकिर गरे। 

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्