Kathmandu Press

राष्ट्रिय प्रतिष्ठाको विषयमा सरकार लाचार भयो : सांसद केसी

नेपाली जहाज अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन संगठन (आईकाओ) र युरोपियन युनियनमा प्रतिबन्धमा पर्नुको कारण के हो? भन्दै उनले प्रश्न गरेका छन्। 
राष्ट्रिय प्रतिष्ठाको विषयमा सरकार लाचार भयो : सांसद केसी

काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण छुट्टै बनाउने विधेयक कता पुग्यो भनि प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्।

नेपाली जहाज अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन संगठन (आईकाओ) र युरोपियन युनियनमा प्रतिबन्धमा पर्नुको कारण के हो? भन्दै उनले प्रश्न गरेका छन्। 

Hardik ivf

‘नेपाली जहाज झन्डै ११ वर्षदेखि ईयूको आकाशमा प्रतिबन्धित छन्। आईकाओ र युरोपियन युनियन सेफ्टी एजेन्सीको प्रतिबन्धको कारण के हो?,’ सांसद केसीले भने।

सांसद केसीले राष्ट्रिय प्रतिष्ठाको विषयमा सरकार लाचार भएको आरोप लगाए। प्रत्येक घटनामा छानबिनका लागि प्रतिवेदन बने पनि त्यसको कार्यान्वयन नहुने गरेको उनले बताए।

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्