Kathmandu Press

देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो : डा. मन्त्री राणा

‘दुई ठूला पार्टी मिलेर सरकार गठन गरेको भनेर कतिपयले अनौठो मानेका छन्, जब देशमा संकट र बेथिति आउँछ, त्यतिबेला कांग्रेस र एमाले मिलेर सरकार गठन गरेर समस्या समाधान गरेको इतिहास छ,’ उनले भनिन्।
देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो : डा. मन्त्री राणा
फाइल तस्बिर।

कैलाली, भदौ १३ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको बताएकी छिन्।

धनगढीमा नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले बेथिति एवं संकटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गर्नुगरेको बताइन्। 

स्थायी सरकारमार्फत विकासको लक्ष्यमा पुग्ने संकल्प लिएर वर्तमान सरकार गठन भएको उनले स्पष्ट पारिन्।

Hardik ivf

‘दुई ठूला पार्टी मिलेर सरकार गठन गरेको भनेर कतिपयले अनौठो मानेका छन्, जब देशमा संकट र बेथिति आउँछ, त्यतिबेला कांग्रेस र एमाले मिलेर सरकार गठन गरेर समस्या समाधान गरेको इतिहास छ,’ उनले भनिन्।

राज्य सञ्चालनका क्रममा देखिएको बेथितिको अन्त्य गरेर विकासका लागि गर्नुपर्ने काम अहिलेको सरकारले गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरिन्।

अस्थिरताकै कारण मुलुकमा सरकारले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै मन्त्री राणाले सबै देशले नेपाललाई पर्याप्त सहयोग गर्न चाहेको बताइन्। कांग्रेस र एमालेको सरकार २०८४ सालसम्म नै टिक्ने उनको भनाइ थियो। 

‘नेपालको संविधानको मूल मर्म र भावनालाई परिवर्तन नगरेर सरकारले संविधानको ‘रिभ्यू’ गर्नेछ,’ मन्त्री राणाले भनिन्।

संविधान शान्तिको दस्तावेजका रुपमा लिइएकाले संविधानमा विविधता, समावेशिताजस्ता कुरामा परिवर्तन नहुने उनको भनाई थियो। 

मन्त्री राणाले आफ्नो भारत भ्रमणका क्रममा भारतसँग महाकाली नदीमाथि बैतडीको झुलाघाट नाकामा र डडेल्धुराको परशुराममा पक्की पुल निर्माण गर्नेबारे कुरा भएको जानकारी दिइन्। 

‘धनगढीको फाप्लामा क्रिकेट रंगशाला बनाउन भारतीय पक्ष सकारात्मक छ, भारतका परराष्ट्रमन्त्रीले पनि यसबारे बिसिसिआई ९भारतीय क्रिकेट कन्ट्रोल बोर्ड०सित कुरा गर्नुभएको छ,’ उनले भनिन्। 

यस्तै, उनले गौरीफन्टा नाकाको स्तरोन्नति तथा टनकपुर बाँधबाट सिँचाइका लागि पानी छाड्ने विषयमा समेत भारतीय पक्षसँग छलफल भएको मन्त्री राणाले बताइन्।

इजरायलमा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि सरकारले गम्भीर रुपमा पहल गरिरहेको उनले बताइन्। 

प्रकाशित मिति: १३:३३ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्