Kathmandu Press

सभापति देउवाले बोलाए पदाधिकारी बैठक 

शनिबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने तय भएको छ। 
सभापति देउवाले बोलाए पदाधिकारी बैठक 

काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयको प्रतिवेदनमा छलफल गरी सहमती जुटाउन पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्।

शनिबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने तय भएको छ। 

आगामी १६ भदौमा बस्ने केन्द्रीय कार्यसमिति समिति वैठक अघि महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन छलफल हुने छ। 

प्रतिवेदनका बिषयमा सभापति देउवाले बिहीबार बिहान पनि दुई महामन्त्रीको प्रस्तावका बिषयमा उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए। 
 

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्