Kathmandu Press

‘छानबिन समितिका प्रतिवेदनहरू तथ्यपरक छन् या छैनन् समीक्षा गर्ने बेला आयो’

मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटना पछि छानबिन गर्न बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन् भन्ने समीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन्। 
‘छानबिन समितिका प्रतिवेदनहरू तथ्यपरक छन् या छैनन् समीक्षा गर्ने बेला आयो’

काठमाडौं, भदौ १३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन्।

बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटना पछि छानबिन गर्न बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन् भन्ने समीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन्। 

Hardik ivf

‘छानबिन समिति बन्ने गरेका छन्। बनेका छानबिन समिति कत्तिको सत्य,तथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ,’ उनले भने, ‘यदि दिएका प्रतिवेदन तथ्य फरक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन भन्ने बारे पनि समीक्षा गर्नुपर्छ।’

मन्त्री पाण्डेले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए। यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नु पर्नेमा उनले जोड दिए।
 

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्