सबै जिल्लामा कर्भडहल बनाउन प्रधानमन्त्री इच्छुक, दशरथ रंगशालाबारे चिन्तित
‘खेलाडीहरूले नै भनेका थिए कि लगातार सिक्नको लागि कर्भडहल आवश्यक छ हरेक मौसममा पनि सिक्नका लागि कर्भडहल आवश्यक छ, तर कर्भडहल छैन। अब कभर्ड निर्माण हुन्छ,’ ओलीले भने।काठमाडौं, भदौ १३ : प्रधानमन्त्री केपी ओलीले सबै जिल्लामा कर्भडहलको विस्तार गर्नुपर्ने बताएका छन्।
बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई सिक्नको लागि कर्भडहल हुनुपर्ने बताएका हुन्।
‘खेलाडीहरूले नै भनेका थिए कि लगातार सिक्नको लागि कर्भडहल आवश्यक छ हरेक मौसममा पनि सिक्नका लागि कर्भडहल आवश्यक छ, तर कर्भडहल छैन। अब कभर्ड निर्माण हुन्छ,’ ओलीले भने।
प्रधानमन्त्री ओलीले काठमाडौंमा मात्र होइन सबै प्रदेशमा कर्भडहल हुन जरुरी रहेको बताए। उनले जिल्ला जिल्लामा कर्भडहल बने जुन ठाउँमा छ त्यहीँ ठाउँ बसेर सिक्ने सकिने बताए।
उनले नेपाली महिला भलिबल टिमले उत्कृष्ट प्रदर्शन गरेको भन्द्र प्रसंशा गरे। महिला भलिबलले नेपाललाई विश्वामा चिनाएको उनले बताए।
‘हाम्रा खेलाडी छोरीहरूले राम्रो खेल प्रदर्शन गरेका छन्। उत्कृष्टता देखाएका छन् । नेपाललाई विश्वमा चिनाएका छन्, यो धेरै ठूलो कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले नयाँ चिन्हहरु स्थापना गर्दै अगाडि बढ्नुपर्छ। कुनै एउटा उचाई छोएपछि सन्तुष्ट भइहाल्नु हुँदैन। थप उचाई छुनको लागि हामिलाई अनुकुलता र सिक्नको लागि कहाँ सिक्ने उचित वातावरण चाहिन्छ।’
दशरथ रंगशालाको अवस्था बारेपनि ओलीले चिन्ता व्यक्त गरे। दशरंगशालाको खेल मैदानको सबैभन्दा बढी बिग्रेको बताउँदै यस्तो बिग्रेको मैदान कतै नदेखेको बताए। उनले रंगशालाको स्तरोन्ती गरिनुपर्ने बताए।