प्रतिवेदन तयारीमा जुट्यो सहकारी छानविन समिति
एक साताभित्रै प्रारम्भिक प्रतिवेदन तयार पार्ने गरी छानविन समिति तयारीमा जुटेको हो। समितिलाई तोकेको समय आगामी भदौ २३ गते सकिँदैछ।
काठमाडौं, भदौ १२ : सहकारीको रकम अपचलनका बिषयमा छानबिन गर्न गठित संसदीय विशेष समिति प्रतिवेदन तयारीमा जुटेको छ।
एक साताभित्रै प्रारम्भिक प्रतिवेदन तयार पार्ने गरी छानविन समिति तयारीमा जुटेको हो। समितिलाई तोकेको समय आगामी भदौ २३ गते सकिँदैछ।
समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा आरोपित व्यक्तिसँग सोधपुछ सकेर प्रतिवेदन लेखनको गृहकार्यमा जुटेको हो।
समितिले सहकारीको रकम हिनामिनामा संलग्न व्यक्ति, विभिन्न नियामक निकाय एवम् विभिन्न संस्थासँग छलफल गरेको थियो।
प्रकाशित मिति: १९:४४ बजे, बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार