Kathmandu Press

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा फैसला पुनः सारियो   

यसअघि पनि गत असार १२ गतेका लागि फैसला सुनाउन तोकिएको मिति सरेको थियो । संवैधानिक इजलासमा संलग्न न्यायाधीशका अरु मुद्दा पनि भएका कारण पुनः सरेको जनाइएको छ।  
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा फैसला पुनः सारियो   

काठमाडौं, भदौ १२ : पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा बुधबार फैसला सुनाउन पेशी तय भए पनि पुनः सारिएको छ। 

यसअघि पनि गत असार १२ गतेका लागि फैसला सुनाउन तोकिएको मिति सरेको थियो । संवैधानिक इजलासमा संलग्न न्यायाधीशका अरु मुद्दा पनि भएका कारण पुनः सरेको जनाइएको छ।  

गत जेठ २३ गते बहस सकिएर फैसला सुनाउने दिन तोकिए पनि फैसलाको मिति सारिँदै आएको छ। आज प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासमा फैसला सुनाउने तय भएको थियो। 

२०६९ मा भएको हत्या प्रकरणमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने मागसहित ३ वटा रिट विचाराधीन छन् । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मृतककी पत्नी पुर्णिमाया लामाले छानविन र कारबाहीको माग राखेर सर्वोच्चमा रिट दिएकी थिइन्। 
 
प्रकाशित मिति: १९:२२ बजे, बुधबार, भदौ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्