Kathmandu Press

‘अर्थतन्त्रलाई चलायमान बनाउन सबै ढोका खुला गरौं’

‘विकास र समृद्धिका लागि सरकार उदार हुनुपर्छ। सरकार, निजी क्षेत्र र जनतासहित सबै मिलेर पूर्वाधार निर्माणलगायतका गरेमा मात्रै चाहेको प्रतिफल हासिल गर्न सकिन्छ,’ उनले भने।
‘अर्थतन्त्रलाई चलायमान बनाउन सबै ढोका खुला गरौं’

काठमाडौं, भदौ १२ : कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक विकासका लागि सम्भावनाका सबै ढोका खुला गरिनुपर्नेमा जोड दिएका छन्। 

संसदीय विटमा कमल चलाउने पत्रकारसँगको भेटमा उनले  मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यमा लक्ष्य निर्धारण गरी अघि बढेको खण्डमा मात्र असल नतिजा हाँसिल गर्न सकिने बताए। 

‘विकास र समृद्धिका लागि सरकार उदार हुनुपर्छ। सरकार, निजी क्षेत्र र जनतासहित सबै मिलेर पूर्वाधार निर्माणलगायतका गरेमा मात्रै चाहेको प्रतिफल हासिल गर्न सकिन्छ,’ उनले भने।

Hardik ivf

उनले मुलुकलाई तीव्र आर्थिक समृद्धिमा लैजान निजी क्षेत्रमा उत्साह जगाउन आवश्यक रहेको बताए। भने, ‘राज्य करले चल्छ भने निजी क्षेत्र नाफाले चल्छ। यो कांग्रेसको अवधारण हो, कसैले होइन भन्छ भने त्यसले कांग्रेसले बुझेकै छैन।’ 

देशलाई विकास र समृद्धिमा लैजान आर्थिक उदारवादका माध्यमबाट विश्व समुदायसँग जोडिनुको विकल्प नभएको बताउँदै उनले जनसहभागिताविना सरकारले चाहेर मात्र आर्थिक उपलब्धि हाँसिल हुन नसक्ने उल्लेख गरे।

कांग्रेस वर्तमान सत्ता गठबन्धनको ठूलो दल भएपनि संसदमा पार्टीको भूमिका प्रभावकारी हुन नसकेको उनको भनाइ थियो। 

‘किन भने हामी प्रधानमन्त्रीको दल र प्रतिपक्ष पनि होइनौं। त्यो हिसाबले हाम्रो भूमिका धेरै ठूलो नहुन सक्छ तर पनि हरेक निर्णय र प्रक्रियामा कांग्रेसको भूमिका महत्वपूर्ण  र प्रभावकारी हुन्छ नै । त्यो भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने।

अहिले पनि कांग्रेसले केही विषय र सैद्धान्तिक पक्षमा स्पष्ट हुनुपर्ने आवश्यक औल्याउँदै प्रमुख सचेतक घिमिरेले रुग्ण उद्योग सरकारले चलाउनुपर्छ भनी आएका विषयमा राज्यले व्यापार गर्न हुन्न भन्नेमा कांग्रेस दृढतापूर्वक उभिनुपर्ने बताए। 

मुलुकमा देखिएका अनियमिता र भ्रष्ट्राचारका विरुद्धमा तथा सुशासनको मामिलामा कांग्रेस दृढताका साथ उभिदै आएको र अहिले पनि सरकारबाट कतै पनि कम्जोरी हुन नदिन सक्दो सहयोग पुर्‍याउँदै आएको उनको भनाई थियो। 

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, भदौ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्