Kathmandu Press

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, सामान्य हिडडुल गर्न सक्ने 

काठमाडौं, चैत्र २९ : कोरोना भाइरसको संक्रमित भएपछि लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसन थोरै हिडडुल गर्ने सक्ने भए....

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, सामान्य हिडडुल गर्न सक्ने 

काठमाडौं, चैत्र २९ : कोरोना भाइरसको संक्रमित भएपछि लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसन थोरै हिडडुल गर्ने सक्ने भएका छन् ।

कोरोना संक्रमित भएको १० दिनसम्म घरमै आराम गरेका प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा अझ समस्या देखिएपछि अस्पताल भर्ना गरिएको ३ दिनसम्म आइसीयूमा राखिएको थियो ।

स्वास्थ्यमा उल्लेख्य सुधार देखिएपछि विहिबार साँझ आइसीयूबाट सामान्य वार्डमा सारिएका जोनसन भित्रै थोरै हिडडुल गर्न थालेको बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जनाएका छन् । 

प्रकाशित मिति: ०८:१८ बजे, शनिबार, चैत २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्