Kathmandu Press

विदेशमा रहेका नेपालीहरुको मताधिकारसँगै नियमन पनि आवश्यक 

उनले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउँने व्यवस्था आवश्यक भएतापनि यसको व्यवस्था र नियमन राम्रो तरिकाले गर्नुपर्ने बताए।
विदेशमा रहेका नेपालीहरुको मताधिकारसँगै नियमन पनि आवश्यक 

काठमाडौं, भदौ १२ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगरले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउँने व्यवस्था गर्दै गर्दा दुबैतिर मतदान गरिरहेका छन् कि भन्ने विषयमा अनुसन्धानको व्यवस्था पनि गर्नुपर्ने बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयक सम्बन्धमा मानव अधिकार संस्थाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउँने व्यवस्था आवश्यक भएतापनि यसको व्यवस्था र नियमन राम्रो तरिकाले गर्नुपर्ने बताए।

Hardik ivf

‘बाहिर बस्ने मान्छेले पनि भोट दिन पाउनुपर्छ, त्यसमा शंका भएन तर दुवै ठाँउको नागरिकता लिएर बस्ने मान्छे पनि छ होला, यसको लागि राम्रो तरिकाले हेर्ने हाम्रो व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘नत्र उता पनि भोट हाल्ने यहाँ आएर पनि भोट होल्ने अवस्था हुन सक्छ। यसो भएको हुनाले यसलाई व्यवस्थित गर्न सक्छौ कि सक्दैनौ अवस्था के छ यो कुरा पनि विचार गर्नुपर्छ।’

उनले अहिले समानुपातिक व्यवस्था हटाउने हो की भन्ने विषय चर्चामा आएको भन्दै यस्तो विषयलाई छलफल गरेर चाँडो टुङ्गाउनु पर्ने बताए।

‘हाम्रो संविधानमा समानुपातिक हटाउने हो की भन्ने कुरा पनि चर्चामा आएको छ। वास्तवमा हाम्रो देशमा कानूनमा एउटा र व्यवहारमा अर्को काम हुने गरेको छ,’ उनले भने, ‘यस्ता धेरै कुराहरु छन् यी सबै कुरालाई छलफल गरेर टुङ्गाउनु पर्छ।’ 

प्रकाशित मिति: १९:१० बजे, बुधबार, भदौ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्