एमाले सचिवालय बैठकको कार्यसूची तय
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ।
काठमाडौं, भदौ १२ : नेकपा एमालेले बिहीबार बस्ने सचिवालय बैठकको ‘एजेन्डा’ तय गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकको कार्यसूची तय गरेको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ।
केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको थियो। बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए।
एमालेले सचिवालय बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्नेछ।
प्रकाशित मिति: १७:०१ बजे, बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार