Kathmandu Press

यू–२० साफ च्याम्पियनसिप : नेपाललाई घरमै स्तब्ध बनाउँदै बंगलादेश बन्यो च्याम्पियन

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको फाइनलमा घरेलु टोली नेपाललाई ४–१ले स्तब्ध बनाउँदै बंगलादेश च्याम्पियन बनेको हो।
यू–२० साफ च्याम्पियनसिप : नेपाललाई घरमै स्तब्ध बनाउँदै बंगलादेश बन्यो च्याम्पियन

काठमाडाैं, भदाै १२ : बंगलादेश यू–२० साफ च्याम्पियनसिप फुटबलको च्याम्पियन बनेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको फाइनलमा घरेलु टोली नेपाललाई ४–१ले स्तब्ध बनाउँदै बंगलादेश च्याम्पियन बनेको हो।

बंगलादेशले पहिलो पटक यू–२० साफको उपाधि जितेको हो। यसअघि ऊ सन् २०१९ र सन् २०२२को फाइनलमा भारतसँग पराजित भएको थियो। यता, तेस्रो तेस्रो पटक च्याम्पियन बन्ने नेपालको सपना भने पुरा हुन सकेन।

बंगलादेशले नेपालसँग समूह चरणमा प्राप्त हारको बदला फाइनलमा लियो। समूह चरणमा नेपालले २–१ले विजयी भएको थियो।

बंगलादेशलाई च्याम्पियन बनाउने क्रममा बंगलादेशका मिराजुल इस्लामले दुई गोल गरे भने मोहम्मद रब्बी हुसेन राहुल र पियास अहमद नोभाले पनि गोल गरे । नेपालका समिर तामाङले एक गोल फर्काए।

पहिलो हाफमा बंगलादेशमाथि नेपालले दबाब बनाए पनि इन्जुरी सयममा बंगलादेशले अग्रता लिएको थियो। उसका इस्लामले फ्रिकिकमा गोल गरेका थिए। 

दोस्रो हाफमा भने बंगलादेश हावी भयो। ५५औं मिनेटमा इस्लामले नै बंगलादेशको अग्रता दोब्बर बनाए। ७१औं मिनेटमा राहुलले गोल गरेपछि बंगलादेशले ३–०को अग्रता लियो।

८०औं मिनेटमा समीर तामाङले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, इन्जुरी समयको नवौं मिनेटमा नोभाले गोल गरेपछि बंगलादेश ४–१ले विजयी हुँदै च्याम्पियन बन्यो। 

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, भदौ १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्