Kathmandu Press

अवकास रोक्न माग गर्दै एआईजी ज्ञवालीसहित ५ जनाले दिए सर्वोच्चमा रिट 

एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुर सर्वोच्च पुगेका हुन्। उनीहरु आगामी भदौ २६ गतेबाट अनिवार्य अवकाश हुँदैछन्। 
अवकास रोक्न माग गर्दै एआईजी ज्ञवालीसहित ५ जनाले दिए सर्वोच्चमा रिट 

काठमाडौं, भदौ १२ : नेपाल प्रहरीमा उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित ५ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 

एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुर सर्वोच्च पुगेका हुन्। उनीहरु आगामी भदौ २६ गतेबाट अनिवार्य अवकाश हुँदैछन्। 

उक्त रिटमा सुनुवाईका लागि पेसी तोकिएको छ। उनहरु भन्दा अघि पनि डीआईजी विष्णुकुमार केसीसहित २१ जना सर्वोच्च अदालत पुगेका थिए। ३० वर्षे सेवा अवधि हटाउन उनीहरुको माग थियो। २१ जनाको हकमा सर्वोच्चले अन्तरिम आदेश दिँदै अवकास रोकेको छ। 

रिट निवेदक एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, ढकाल र ठाकुरसँगै ८९ जना अधिकारीहरू पनि भदौ १६ गतेबाटै अवकासमा जाँदै छन्। 

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, भदौ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्