Kathmandu Press

एमाले सांसद भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन

सांसद भट्टराईले संसदमा बोल्दै माओवादीले संचालन गरेको ‘हिंसा’ का कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाएपछि माओवादी केन्द्रका सांसदले नियमापत्ति गरेका थिए। 
एमाले सांसद भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन

काठमाडौं, भदौ १२ : सभामुख देवराज घिमिरेले सांसद योगेश भट्टराईले संसदमा बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन्। 

सांसद भट्टराईले संसदमा बोल्दै माओवादीले संचालन गरेको ‘हिंसा’ का कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाएपछि माओवादी केन्द्रका सांसदले नियमापत्ति गरेका थिए। 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका हुन् । ‘हिंसा’ शब्दलाई संसदको रेकर्डबाट हटाउन माग गरिएपछि सभामुखबाट छानविनका लागि निर्देशन भएको हो। 
 
प्रकाशित मिति: १५:०६ बजे, बुधबार, भदौ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्