Kathmandu Press

ओली र देउवाविरुद्ध टुँडिखेलमा नारावाजी गर्नेलाई पक्राउ गरेकोमा रास्वपाको विरोध

‘स्वदेशमा अवसरबाट वञ्चित, रोजगारीबाट वञ्चित बनाइएका ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइँदैन । ती युवाहरूको तत्काल रिहाको माग गर्न चाहन्छु,’ उनले भने। 
ओली र देउवाविरुद्ध टुँडिखेलमा नारावाजी गर्नेलाई पक्राउ गरेकोमा रास्वपाको विरोध

काठमाडौं, भदौ १२ : गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गरेको अभियोगमा पक्राउ परेका युवाहरूलाई रिहा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग गरेको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा हरि सांसद ढकालले गौरा पर्वमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले गरेको विरोधलाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताउादै युवाहरूको विरोधका बोली सरकारले सुन्नुपर्ने उल्लेख गरे।

Hardik ivf

‘स्वदेशमा अवसरबाट वञ्चित, रोजगारीबाट वञ्चित बनाइएका ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइँदैन । ती युवाहरूको तत्काल रिहाको माग गर्न चाहन्छु,’ उनले भने। 

उनले स्वदेशमा रोजगारी र अवसरबाट वञ्चित बनाइएका युवाहरूले सिंहदबारभित्रको बेमानहरूलाई खबरदारी गर्दै गर्दा समाउन नपाइने बताए। 

‘ती युवाहरूको तत्काल रिहाको माग गर्छु। स्टाटस लेखेकै भरमा युवाहरूलाई समेतको कुरा आएको छ,’ उनले भने, ‘कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ त्यस्तो नहोस्, हामी पनि यो विषयमा संवेदनशील छौं तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाख पलाएको जस्तो छ।’

उनले क्यामेरामा देखिएको युवामात्रै नभएर टुँडिखेलाभरीका सबैलाई समातेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए।

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, भदौ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्