योगेश भट्टराईले ‘माओवादी हिंसा’ भनेपछि संसदमा अवरोध
‘मान्छे मार्नु, विद्युतका टावरमा विस्फोट गर्ने, बम पड्काउनु, हिंसा नै हो र त्यो हाम्रो परिभाषा हो, यो एमालेलको प्रतिबद्धता हो, राजनीतिक प्रतिबद्धतामा छानविन हुन सक्दैन।’-1716280852.jpeg)
काठमाडौं, भदौ १२ : एमाले सचिव तथा सांसद योगेश भट्टराईले बुधबारको संसदलाई सम्बोधन गर्ने क्रममा ‘माओवादी सिंहा’ भने संसद बैठक केहीबेर अवरुद्ध भएको छ।
भट्टराईले माओवादीको १० वर्षे हिंसात्मक द्वन्द्व नभएको भए लोडसेडिङ अन्त्यका लागि ०७५ साल कुर्नु नपर्ने बताएका थिए।
त्यसपछि माओवादीका सांसद मावध सापकोटाले त्यसमा आपत्ति जनाएका छ। उनले ‘माओवादी हिंसा’ शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे।
भट्टराईले बोलिरहँदा माओवादीका सांसदहरू उठेपछि सभामखु देवराज घिमिरलेले त्यो विषयमा छानविन गर्न सचिवलयलाई निर्देशन गरेका थिए। त्यसपछि माओवादीले विरोध गरेपछि उनले देवेन्द्र पौडेल र हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।
त्यसपछि पुनः बोल्दै भट्टराईले भने, ‘मान्छे मार्नु, विद्युतका टावरमा विस्फोट गर्ने, बम पड्काउनु, हिंसा नै हो र त्यो हाम्रो परिभाषा हो, यो एमालेलको प्रतिबद्धता हो, राजनीतिक प्रतिबद्धतामा छानविन हुन सक्दैन।’
केही बेल अवरुद्ध भएको सांसद पुनः सुरु भएको छ।












